राष्ट्रिय मानव अधिकार आयोगले सरकारले मानव अधिकारवादी र नागरिक समाजलाई अनुगमन गर्न घरबाट निस्कन नदिएको प्रति खेद प्रकट गरेको छ।
सोमबार करिव ३० मानव अधिकारवादी र नागरिक समाजबीच भएको भर्चूअल वार्तामा अनुगमन समिति गठन प्रक्रिया र त्रुटीप्रति संगठनले असहमति समेत प्रकट गरेको छ।
यस्तै,राहत वितरणमा देखिएका समस्या , एकद्वार प्रणालीको नाममा भएको विभेद र आर्थिक विचलनको अनुगमन गरी सरकारलाई दवाव दिन माग गरिएको छ ।
यता संसिमाको विशेष अनुगमन गर्न र सिमामा खटिएका सुरक्षाकर्मीको वास र खानाको उचित व्यवस्थापन गर्न पनि माग गरिएको छ।