मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि बिगमार्टलाई ३ लाख जरिवाना

बिएल संवाददाता

काठमाडाै‌ं

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई जरिवाना तिराएको छ ।

मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि तीन लाख जरिवाना गरिएको हो। 

बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको जनाइएको छ। 

प्रकाशित मिति: : 2020-05-11 19:09:06

प्रतिकृया दिनुहोस्