सोमबार थप १० जनामा कारोना भाइरसको संक्रमण फेला परेसँगै कपिलवस्तुमा स्थानीय प्रशासनले लकडाउनलाई थप कडाइ गरेको छ।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले यसअघि खुलेका उद्योग, व्यापार व्यवसाय र आवागमनलाई समेत जेठ ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
अत्यावश्यक बाहेकका सेवाबाहेकका उद्योग, व्यापार, व्यवसायसमेत बन्द रहने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै कपिलवस्तुको पूर्वपश्चिम राजमार्गमा पर्ने वाणगंगा नगरपालिकाले ओषधीपसलबाहेकका किराना पसल, सवारीसाधन, उद्योगधन्दा र आवतजावतमा समेत रोक लगाएको छ।
कपिलवस्तुमा हालसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ।