विदेशमा अलपत्र परेकालाई स्वदेश फिर्ता गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्।  उनको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन्।

आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ। 

यस्तै भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने कांग्रेसका तीन सांसदको प्रस्ताव छ। उनीहरुले जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव छ।

यसका साथै अध्ययन, भ्रमण र भेटघाटका लागि गएर जोखिममा नभएका तर आफ्नै खर्चमा फर्किन चाहेनहरुलाई पनि सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गरेर ल्याउने वातावरण बनाउनुपर्ने तीन सांसदको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: : 2020-05-11 14:44:39

प्रतिकृया दिनुहोस्