सरकारले लिपुलेकबारे भारतलाई पठायो ‘कुटनीतिक नोट’

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपाली भूभाग भित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा भारत सरकारलाई  'कुटनीतिक नोट' दिएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा पुगेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रामार्फत कुटनीतिक नोट पठाएकाे हाे। 

गत शुक्रबार भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए। यसपछि भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चौतर्फी विरोध जारी छ ।

राजदूत क्वात्राले आज नै परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् ।

प्रकाशित मिति: : 2020-05-11 13:42:34

प्रतिकृया दिनुहोस्