दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पूर्वप्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको छ।

मुख्यमन्त्री केजरीवालले एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिएका छन्।

८७ वर्षीय पूर्वप्रधानमन्त्री डा.सिंह छाती दुखेर असहज महसुश भएपछि  भर्ना भएका हुन्। पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 

यसअघि पनि डा.सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो। सन् २००९ मा उनको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ।

भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिने डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद छने। उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

याे पनि 
प्रकाशित मिति: : 2020-05-11 13:26:33

प्रतिकृया दिनुहोस्