भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक, मंगलबारदेखि रेल सञ्चालन गर्ने तयारी

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ हजार ९३९ पुगेको छ। अहिलेसम्म भारतमा कोभिड–१९ बाट २१ सय ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्रै १ सय ११ जनाको ज्यान गएको हो। अहिलेसम्म ४१ हजार ४७२ जनामा संक्रमण छ जसमा गएको २४ घण्टामा मात्रै ४ हजारभन्दा धेरैमा संक्रमित थपिएका हुन्। यहाँसाढे २० हजारभन्दा धेरै निको भएका छन्।

सबैभन्दा बढी प्रभावित भएको राज्य महाराष्ट्रमा संक्रमितको संख्या २० हजार २२८ पुगेको छ भने सो राज्यमा अहिलेसम्म ७७९ जनाको मृत्यु भएको छ। 

यस्तै गुजरातमा सात हजार ७९६ संक्रमित मध्ये ४७२ जनाको मृत्यु भएको छ। दिल्लीमा संक्रमितको संख्या ६ हजार ५४२ रहेकोमा ७३ जनाको मृत्यु भएको छ।

रेवा सञ्चालन हुँदै 

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि लकडाउन लागु भएसँगै बन्द रहेका रेल सेवा पुनः सञ्चालन हुने भएको छ। भारतीय रेलवेका अनुसार मंगलबारदेखि सञ्चालन गर्ने निर्णयगरिएको हो।

सुरुमा १५ वटा रेलले यात्रा भर्ने छन्। त्यसका लागि टिकट वितरण सोमबार बेलुका चार बजेपछि सुरु हुने जनाइएको छ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार दिउँसो तीन बजे सबै राज्यका मुख्यमन्त्रीसँग भिडियो केन्फ्रेन्सिङ्ग मार्फत पछिल्लो अवस्थाबारे छलफल गर्नेछन्।

प्रकाशित मिति: : 2020-05-11 08:42:01

प्रतिकृया दिनुहोस्