बीपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडाैं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडाैं जाँदै गरेका ११ पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी भट्टराईका अनुसार उनीहरु सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पीसीआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास लिएर हिँडेका थिए।
सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नम्बरको माइक्रोबससहित उनीहरुलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।
प्रजिअ योगेन्द्र पाण्डेले माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बीपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको बताए।