आजदेखि उपत्यकामा चल्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’

बिएल संवाददाता

काठमाडाै‌ं

उपत्यकाभित्र आइतवारबाट सवारीसाधन संचालन गर्नको लागि टाइम कार्ड व्यवस्था लागू  गरिएको छ।

काठमाडौँ उपत्यकाका सिडिओ, सुरक्षा निकाय हेर्ने डिआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले टाइम कार्ड लागू गरेको हो।

बैठकले बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाउने निर्णय गरेको छ। 

यस्तै महालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यकाभित्रका नाकाबाट प्रवेश पाउने ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए।

त्यस्तै सरकारी कार्यालयका कर्मचारी बोकेका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। 

यता बैंक तथा वित्तिय सस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

बैठकले अर्को सुचना जारी नभएसम्मको लागि यो नयाँ व्यवस्था लागू गरेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-05-10 06:23:34

प्रतिकृया दिनुहोस्