उपप्रधानमन्त्री पोखरेलद्वारा कोभिड–१९ ट्रेसिङ एपको औपचारिक सुरुवात

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर सिसीएमसी ओपिसीको औपचारिक एप कोभिड–एनपीको सुरुआत गरेका छन् । 

सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रालिले कोभिड नियन्त्रणका लागि सरकारलाई सघाउन निःशुल्क तयार पारेको एपको छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रममा सुरुवात गरेका हुन् । 

आफ्नो मोबाइलमा कोभिड एनपीएप डाउनलोड गरेपछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् । संभावित बिरामीको पहिचान गरी समयमा नै द्रूत स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो । 

जो कसैले पनि गूगल प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट कोभिड–एनप्पी नामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । गूगल प्लेमा अहिले नै उपलब्ध भैसकेको उक्त एप एप्पलको एप स्टोरमा केही दिनमा उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ । यो एपबाट कोभिड–१९ रोगका लक्षण, संक्रमणमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्तहुनेछ ।

एप निर्माण कम्पनी आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन  सक्ने व्यवस्था गरिएको बताए । 

समारोहमा रक्षामन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयासको खाँचो औँल्याए । उनले भने, ‘कोभिड– १९ बारे सूचना दिन बनाइएका एप आम नागरिकले सरल ढङ्गबाट थाहा पाउने, बुझ्ने र प्रयोग गर्नसक्ने हुनुपर्छ, गलत सूचना प्रवाह हुन नदिनेतर्फ सबै होसियार रहनुपर्छ ।’

कोभिडबारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचना प्राप्त र प्रवाह गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरे । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड– १९ सम्बन्धी जानकारी र सूचना एकीकृत रुपमा प्राप्त गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको एपबाट प्रयोगमा  सहज र सरल गराउने तथा दुरुपयोग नहोस् भन्नेमा उच्च सतर्कता हुन आवश्यक रहेको बताए ।
प्रधानमन्त्रीका सूचना तथा प्रविधि सल्लाहकार असगर अलीले अन्य मुलुकमा प्रयोगमा ल्याएको जस्तै एप तयार भएको भन्दै प्रयोग गर्न सबैलाई अपील गरे । उनले कोभिड एनपीएपको प्रयोग सही तरिकाले सबैले गरेको खण्डमा कोरियाको जसरी नै संक्रमण नियन्त्रणमा सरकारले सफलता हासिल गर्ने र दैनिकी सहज बन्दै जाने विश्वास व्यक्त गरे । 

एप डेभलपर कम्पनी आईमार्कका अध्यक्ष ढुङ्गानाले कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कार्यरत ७० जनाभन्दा बढी प्रविधिक तथा चिकित्सकको योगदानमा एप तयार पारिएको बताए । कोभिड नियन्त्रणका लागि आफूहरुले गरेको पहलअनि सरकारको सक्रियतासँगै नागरिकको उपिउत्तिकै महत्वपुर्ण भुमिका हुने भन्दै एप प्रयोग गरी हातेमालो गर्न उनले आग्रह गरे । 

उक्त एपमार्फत् कोरोनासम्बन्धी आवश्यक जानकारी लिई रोग नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन आम नागरिकलाई अनुरोध गरिएको छ । उक्त एपमा राखिएका तथ्य तथ्याङ्क राष्ट्रिय सूचना केन्द्रको सर्भर मार्फत स्वस्थ्य मन्त्रालय, डेभलपर, प्रयोगकर्ता र सम्बद्ध पक्षका बीचमा सम्पर्क स्थापित गर्नेछ । 

एप प्रयोगकर्ताहरुले ब्लुट्रुथ अन गरिराखेको खण्डमा सम्भावित संक्रमितहरुको पहिचान गर्न नागरिकलाई सहजहुने विश्वास गरिएको छ । जसका कारण आईमार्कले सबै प्रयोगकर्तालाई ब्लुटुथ बन्दन गर्न पनि आग्रह गरेको छ । कोभिड– १९ का सम्बन्धमा तथ्यपरक र एकीकृत तथ्याङ्क राख्न एप फलदायी हुने विश्वास लिइएको छ । गुगल प्लेस्टोरबाट कोभिडएनपीएप डाउनलोड गर्न निम्ल लिंकमा जानुपर्ने हुन्छ । 
https://www.youtube.com/watch?v=jFtWDBqSbiY&list=PLNg9U-7cQmv6XU2lyZWrWpIc0hJfqR0xU

प्रकाशित मिति: : 2020-05-09 23:55:24

प्रतिकृया दिनुहोस्