भारतकाे स्पष्टिकरण: मानसरोबर जाने सडक पुरानै मर्मत गरिएकाे हाे, नेपालकाे भू-भागमा बनाएकाे हाेइन

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक नयाँ बाटो नभई पुरानैलाई मर्मत गरि उद्घाटन गरिएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिकाे ध्यानाकर्षण भएको जनाउँदै उक्त कुराको दाबी गरेको हो।

‘भारतीय सरकारले हालको परियोजना अन्तर्गत तीर्थयात्रा, स्थानीय तथा व्यापारीहरूको सहज र सुविधाको लागि पुरानै सडक मर्मत गरेकाे हो,‘ विज्ञप्तीमा भनिएको छ', ’जुन सडक पूर्ण रूपमा भारतको इलाकामा पर्छ।’

नेपाल र भारतबीचको सीमाका बारेमा भारतीय सरकार कुटनीतिक हिसाबले वार्ता गर्न तयार रहेको पनि विज्ञप्तीमा जनाइएको छ। 

‘भारत र नेपाललको सीमा विवाद सल्टाउन विज्ञ टोली बनाइएको छ र हामी नक्शा अनुसार नै चलिरहेको छौं। केही उत्पन्न विवाद समाधान गर्न भारत प्रतिबद्ध छ,’विज्ञप्तीमा भनिएको छ।

साथै कोरोना संक्रमणको महामारीपछि दुवै देशका विदेश सचिवहरु बसेर थप छलफल गर्न सकिने पनि भारतले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-09 22:14:10

प्रतिकृया दिनुहोस्