उपत्यकाभित्र आइतवारबाट सवारीसाधन संचालन गर्नकाे लागि नयाँ व्यवस्था लागू गरिएको छ।
शनिबार बसेकाे तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमखुको बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाउने निर्णय गरेका छन्।
यस्तै महालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यकाभित्रका नाकाबाट प्रवेश पाउने ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए।
त्यस्तै सरकारी कार्यालयका कर्मचारी बोकेका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ।
त्यस्तै बैंक तथा वित्तिय सस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।
बैठकले अर्को सुचना जारी नभएसम्मको लागि यो नयाँ व्यवस्था लागू गरेको जनाइएको छ।