लिपुलेकमा भारतले सडक बनाएकोप्रति नेकपाका प्रवक्ता श्रेष्ठको आपत्ति

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएको प्रति आपत्ति जनाएका छन्।

शनिबार एक ट्विट गर्दै उनले अनधिकृत रुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको भूमिमा सडक बनाएर उद्घाटन गरेको कार्यप्रतिप्रति आपत्ति  प्रकट गरे।

कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो ‘अतिक्रमण’ विरुद्ध तत्काल कदम चाल्न उनले सरकारलाई आग्रह गरेका छन् । यसबारेमा सत्तारुढ नेकपाको आधिकारिक धारणा भने आइसकेको छैन

आजनै कांग्रेस, साझा,राप्रपा,समाजवादी पार्टीलगायतका दलहरुले सरकारकाे कुटनीतिक कमजाेरीका कारण भारतले नेपालकाे सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गर्ने गरेकाे आराेप लगाएका छन्।
प्रकाशित मिति: : 2020-05-09 13:15:54

प्रतिकृया दिनुहोस्