अमेरिकी उपराष्ट्रपति माइक पेन्सको एक जना प्रमुख सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरमा कोरोना पोजेटिभ पाइएको हो।
यसभन्दा ठीक एक दिन अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीलाई पनि कोरोना पुष्टि भएको थियो।
यससँगै ह्वाइट हाउसले अब दैनिक रुपमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण सुरु गर्न थालेको छ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ८ सय २९ पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७८ छ।