डा‍. भट्टराईले स‌ंसद्‍मा गरेकाे सम्बाेधनकाे प्रधानमन्त्री सचिवालयले गर्‍याे यसरी प्रस‍ंशा

प्रधानमन्त्रीको सचिवालयले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार संसद्मा गरेको सम्बोधनको प्रशंशा गरेको छ । डा. भट्टराईले ‘पूर्वप्रधानमन्त्रीले अब सत्ताको दाबेदार नबनौं, नयाँ पुस्तालाई अघि ल्याउने पुस्तान्तरण गर्ने दिशातिर हामी गयौँ भने देशले निकास पाउँछ’ सन्दर्भको प्रधानमन्त्री सचिवालयले प्रशंशा गरेको हो ।

संसद्मा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए । भट्टराईले भने, ‘यो लोकतन्त्र बचाउनका निम्ति पनि तपाईँले राजीनामा दिनु नै उचित हुन्छ । यसले तपाईंको उचाइ पनि कायम हुन्छ । लोकतन्त्र सुनिश्चित हुन्छ । देशले नयाँ निकास पाउँछ ।’ 
‘प्रश्न उठ्छ उहाँ गएपछि विकल्प के हुन्छ ? हामी पूर्व प्रधानमन्त्री सबैले कुनै पनि प्रकारको इच्छा आकांक्षा राख्न हुँदैन । हामी दाबेदार नबनौँ । हामीले दिशानिर्देश गरौँ । सहयोग गरौँ’, डा. भट्टराईले भने, ‘हामी ६०–६५ उमेर नाघेका मान्छेले लोभ नगरेर प्रत्यक्ष कार्यकारी भूमिकामा हामी नरहने प्रत्यक्ष प्रधानमन्त्रीको दाबेदार नबन्ने हामीले अरुलाई सघाउने हो । नयाँ पुस्तालाई अघि ल्याउने पुस्तान्तरण गर्ने दिशातिर हामी गयौँ भने देशले निकास पाउँछ, नेतृत्व लिने होइन ।’

भट्टराईले  यस्ताे सम्बाेधन गर्दा ओलीलाई सत्ताबाट हटाएर प्रधानमन्त्री बन्ने खेलमा लागिपरेका नेकपाका नेताहरु पूर्वप्रधानमन्त्रीत्रय नेकपा अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाख खनाल अगाडि बसेर सुनिरहेका थिए । 

डा. भट्टराईको गरेकाे भाषणबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्,  ‘डा . बाबुराम भट्टराईले बोल्नुभएका अरू कुरा त त्यस्तै हुन्, प्रधानमन्त्री भइसकेकाले मुख नमिठ्याऔं भन्नेचाहिं जायज तर्क हो । फर्की फर्की पुरानै र प्रम भइसकेका व्यक्ति तयार हुने, तम्सिने र आफूबाहेक अरूलाई योग्य नदेख्ने दृष्टिदोष हटाउनु आवश्यक छ । प्रकृतिको नियम पुराना पात झरेर नै नयाँ पात पलाउने न हो !'
जन्मदै जर्साब बन्ने र आजीवन सेनापति हुने प्रचलन नेपाली सेनामा समेत हटिसकेको छ। राणातन्त्र हटाएको त सात दशक भइसक्यो  !!
अनि राजनीतिमा रिटायर्डमेन्ट जरूरी छ भनेर कहिले बाटो खुला गर्ने हो रु सम्बन्धित सबै व्यक्तिले भन्नुपर्ने बेला अझै भएन र !!!"

प्रकाशित मिति: : 2020-05-08 22:44:15

प्रतिकृया दिनुहोस्