विराटनगरको विषेश अस्पतालबाट थप ८ जना डिस्चार्ज, काेराेनालाई जित्ने ३० पुगे

विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज हुन्।

शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतीय नागरिक २४ वर्षीय मो. आदिम, विराटनगर १७ का ७२ वर्षीय आइमुन मियाँ र ६० वर्षीय इजरायल मिया, उदयपुर भुल्केका २० वर्षका अजाद आलम, १८ वर्षका माँ इमरान अहमद, १८ वर्षकै परबेज आलम, ४१ वर्षका मोख्तार मियाँ र ५५ वर्षका रौसन खातुन रहेका छन् ।  

लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

शुक्रबार डिस्चार्ज भएका महिलालाई होम क्वारेन्टाइन र बाँकी ७ जनालाई विराटनर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ । अब अस्पतालको आइसोलेसनमा १७ जना संक्रमित छन् । यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइन राखिएको छ ।

नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुग्नेछ भने संक्रमितको संख्या १०१ पुगेको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-05-08 14:11:03

प्रतिकृया दिनुहोस्