भुल्केका ८ काेराेना संक्रमित निकाे भए, आजै डिस्चार्ज गर्ने तयारी

विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज हुने भएका छन्। पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको हो। 

डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन्। सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए। डिस्चार्ज भएसँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुग्नेछ। 

सबैको स्वास्थ्य अवस्था समान्य रहेको डा.डेनप्रसाद आचार्यले जानकारी दिए। उनीहरु डिस्चार्ज भएपनि नियमित चिकित्सकको निगरानी र सावधानीमा रहनुपर्ने डाक्टर आचार्य बताए।

नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुग्नेछ भने संक्रमितको संख्या १०१ पुगेको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-05-08 11:49:50

प्रतिकृया दिनुहोस्