ओबामा दम्पतीले विद्यार्थीहरुका लागि ‘भर्च्यूअल’ दीक्षान्त समारोह गर्दै

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओमाबा र पूर्वप्रथम महिला मिशेल ओबामाले ‘भर्च्यूअल’ दीक्षान्त समारोह आयाेजना गर्ने भएका छन्।

ओबामा दम्पतीले यो वर्ष कोरोना भाइरसको महामारीका कारण दिक्षान्त समारोहमा सहभागी हुन नपाएका विद्यार्थीका लागि ‘भर्च्यूअल’ दीक्षान्त समारोह आयाेजना गर्न लागेका हुन्।

मंगलबार उनीहरुले मे १६ र जुन ६ मा हाइस्कूलमा विद्यार्थीहरुका लागि दीक्षान्त समारोह आयोजना गर्ने बताएका जानकारी गराएका छन्।

पूर्वराष्ट्रपति ओबामाले इन्स्टाग्राममा लेखेका छन्, ‘म र मिशेल यो वर्ष ग्र्याजुएट हुनेहरुको खुशीमा सामेल हुन पाउँदा उत्साहित छौँ। हामी तपाईहरुको जीवनको यो महत्वपूर्ण खुशी सेलिब्रेट गर्न चाहन्छौँ।’

उनीहरुले दीक्षान्त समारोहबाट विद्यार्थीहरुको आत्मबल उच्च हुने विश्वास लिएका छन्।

यस्तै पूर्वप्रथम महिला मिशेलले ट्वीट गरेर आफू उत्साहित रहेको बताएकी छन्।

प्रकाशित मिति: : 2020-05-07 22:34:30

प्रतिकृया दिनुहोस्