कर्णाली प्रदेशको कालिकोटबाट काठमाडौंमा आएर मजदूरी तथा विभिन्न पेशा व्यवसाय गरिरहेकाहरुलाई सहयोग गरिएको छ।
लकडाउनका कारण समस्यामा परेकाहरुलाई नेपाली कांग्रेसका युवा नेता तथा तरुण दल महामन्त्री भुपेन्द्रजंग शाही, कालिकोटका सभापति हर्षबहादुर बमलगायतका नेताहरुले खाद्य सामग्री सहयोग गरेका हुन्।
उनीहरुले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष अम्रिका बलामी र कांग्रेसका स्थानीय नेता राजेन्द्र खत्रीको समन्वयमा कालिकोटका १० परिवारलाई बिहीबार खाद्य सामग्री प्रदान गरेका छन्।
प्रतिव्यक्ति ३० किलोको १० प्याक चामलसँगै अन्य खाद्य सामग्रीसमेत प्रदान गरिएको छ
यसभन्दा अघि पनि महासचिव शाही, पार्टी सभापति बमलगायतका नेताहरुले राजधानीमा समस्यामा परेका कालिकोट र कर्णालीका सयौं व्यक्तिलाई खाद्य सामग्री सहयोग गरेका थिए। महामन्त्री शाहीले अझैं पनि केही मानिसहरु बेखर्ची बनेको र असहजतामा परेको कसैले खबर गरेमा सक्दो सहयोग गर्ने बताए।