पर्सामा चट्याङ लागेर एक बालिकाको मृत्यु

पर्साको जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार बिहान हावाहुरीसहित मेघ गर्जेर पानी परेको समयमा स्थानीय राजु साहकी ६ वर्षीया छोरी उषाकुमारी साह बेहोस भएकी थिइन् । उषाको शरीरमा कुनै चोटपटक नदेखिए पनि उनको मृत्यु चट्याङ लागेर भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरीयाले घटना स्थल पुगेर शवको मुचुल्का तयार गरिरहेको जानकारी दिएकाे छ। 

 शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।
 

प्रकाशित मिति: : 2020-05-07 19:30:57

प्रतिकृया दिनुहोस्