भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनको एक रसायन प्लान्टमा ग्यास (लिक)चुहावट हुँदा सात जनाको ज्यान गएको छ। एलजी पोलिमर्स इन्डिया प्रालीकाे केमिकल प्लान्टबाट स्टाइरिन ग्यास चुहावट हुँदा उनीहरुकाे ज्यान गएकाे हाे।
लकडाउनपछि प्लान्टमा काम सुरु भएको थियो। ग्यास चुहावट हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए।
अहिले सो क्षेत्रमा उद्धार तथा मर्मतको काम भइरहेको जनाइएको छ। ग्यास चुहावट भएपछि सो क्षेत्रको अवस्था त्रासपूर्ण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीले रसायन प्लान्ट आसपासका पाँच गाउँका मानिसलाई सुरक्षित स्थानमा लगिएकाे छ। ती गाउँका बासिन्दालाई मेघाद्री गेड्डासहितका स्थानमा लगिएको हो।
ग्यास चुहावट हुँदा दुई सयजना भन्दा बढी बिरामी परेका छन्। स्थानीय बासिन्दाकाहरुका अनुसार आँखा पोल्ने तथा स्वासप्रस्वासमा समस्या देखिन थालेको छ। विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
सन् १९६१ मा निर्माण भएको सो प्लान्ट हिन्दुस्तान पोलिमर्सको थियो, जसलाई सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको हो।