‘वेवी वाइप्स’मा बढी मूल्य लिने दुई व्यवसायीले तिरे दुई–दुई लाख रुपैयाँ जरिवाना

बिएल संवाददाता

काठमाडाै‌ं

वेवी वाइप्स (डाइपर)मा बढी मूल्य लिने दुई व्यवसायका सञ्चालकलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई–दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

काठमाडौंको काभ्रेस्थलीस्थित एक कस्मेटिक्स आर.एल.ट्रेडर्स र नेपाल अनलाइन टेली मार्टका सञ्चालकले ग्राहकसँग बढी मूल्य असुलेको पाएपछि उनीहरुलाई जरिवाना गरिएको हो। 

बुधबार बजार अनुगमन तथा निरीक्षण टोलीले उक्त कस्मेटिक र अनलाइन सपका संचालक दिपकराज पोखरेललाई दुई–दुई लाख रुपैयाँ जरिवाना तिराएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार बढी मूल्य लिएको कसुरमा सोही ऐनको दफा ३९ (१) ख बमोजिम जरिवाना तिराएको विभागले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-06 22:13:58

प्रतिकृया दिनुहोस्