महाराष्ट्रमा मात्रै लकडाउन उल्लंघन गर्ने १८ हजार पक्राउ

भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उल्लंघन गर्ने १८ हजार जना पक्राउ परेका छन्। 

भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरेपनि उल्लंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ। 

मन्त्रालयले १८ हजार ७२२ जना व्यक्तिलाई र अरु ५३ हजार ७१ ओटा यातायातका साधनहरु नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ।
लकडाउन उल्लंघन गर्नेहरुलाई जरिवाना तिराउदा झण्डै तीन करोड भारतीय रुपैया रजश्व संकलन भएको पनि मन्त्रालयले जनाएको छ।

प्रदेशभरी गरेर दुई लाखभन्दा बढी मानिस अहिले पनि क्वारेन्टाइनमा रहेको र ६४२ जनाले क्वारेन्टाइनसम्वन्धी नियम उल्लंघन गरेको वक्तव्यमा लेखिएको छ। 

क्वारेन्टाइनको वा लकडाउनको नियम उल्लंघन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ। प्रहरीले अन्य कुनै गुनासो वा समस्याहरुका बारेमा समेत फोन गरेर जानकारी दिन सकिने बताएको छ।

प्रकाशित मिति: : 2020-05-06 21:44:16

प्रतिकृया दिनुहोस्