काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा चितुवाकाे आक्रमणबाट ६ जना भन्दा धेरै घाइते भएका छन्।’
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार विहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट वस्तीमा झरेको चितुवाले सुरुमा ३ जनालाई घाइते बनाएको थियो। चितुवाले दिउँसो थप ४ जनालाई घाइते बनाएको हाे।
घाइतेमध्ये केही सामान्य अवस्थाका छन् भने केही गम्भीर छन्।
काठमाडौंका जिल्ला वन अधिकृत हरि खरेलले स्थानीयहरुले चितुवालाई कुटपिट गरेर मारेकाे बताए छन्। आक्रमणबाट दिउँसो तीन बजेतिर चितुवाको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार चितुवाले मानिसमाथि आक्रमण गरेपछि स्थानीयले कुटपिट गरी मारेका हुन्।
‘मान्छेलाई आक्रमण गरेपछि स्थानीयले सुरक्षाको लागि आक्रमण गर्दा चितुवा मरेको छ’, उनले भने।