नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको ‘एसयूभी’ गाडी किन्दै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ।

भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रहेको कार्यलयले बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ।

कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराकरको चार पांग्रे एसयूभी गाडी किन्न तयारी थालेको छ।

चैत २० अघि दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेका बाहेकका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने गरी अब बजेटमा खर्च गर्न नदिने निर्णय गरेको छ। यो गाडी किन्ने बोलपत्र भने फागुनमै प्रकाशित भएको थियो।

प्रकाशित मिति: : 2020-05-06 13:07:40

प्रतिकृया दिनुहोस्