कपिलवस्तु जिल्लाका विभिन्न नाकाबाट प्रवेश गरेका १ सय ५५ जनालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्लाको कृष्णनगर, भिल्मी, हर्दौना, मर्यादपुर र चाकलचौडा क्षेत्रबाट प्रवेश गरेका प्रवासी नेपालीलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
कोरोना भाइरसको संक्रमणको त्रासले लकडाउन जारी रहेको अवस्थामा उनीहरुलाई लुकिछिपी नेपाल छिन् लागेका थिए।
यस्तै कपिलवस्तु जिल्लाको दशगजा नाकाबाट नेपाल भित्रन लागेका २०० बढी नेपाली सीमामै अलपत्र परेका छन्।
नेपाल भारतबीच नेपाली र भारतीयलाई भएको स्थानको क्वारेन्टाइनमा राख्ने सहमति भएपनि नेपाली सीमामा आएका प्रवासी नेपालीलाई भारतीय सुरक्षाकर्मीले नै नेपाली सीमासम्म पुर्याएपछि अलपत्र परेकाहरुले बताएका छन्।
दशगजासम्म आइ पुगेकाका नेपालीलाई भारतीय निकायसँगको समन्वयमा भारतीय क्वारेन्टाइनमै राख्नका लागि पहल थालिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिएका छन्।
पछिल्लो समय भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बलले नै भारतबाट नेपाल आउने नेपालीका लागि खुकुलो गरेका कारण भारतको मुम्बई, दिल्ली र गुजरात लगायतका स्थानबाट रोजगारीका लागि गएकाहरु नेपाल फर्किने क्रममा छन्।।