भारतको गुजरात राज्यमा आफ्नो गाउँ फर्कन पाउनु पर्ने मागसहित हजारौँ मजदूरहरु सडकमा उत्रिएका छन्।
लकडाउनको उल्लंघन गर्दै सुरत जिल्लाको वरेली क्षेत्रमा उनीहरुले विरोध प्रर्दशन गरेका हुन्।
ठूलो संख्यामा सडकमा निस्किएका मजदूरहरुले लकडाउनका कारण आफूहरु समस्यामा परेको भन्दै घर जान पाउनु पर्ने माग गरेका थिए।
उनीहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरी लाठीचार्ज गर्नुका साथै अश्रु ग्याससमेत प्रहार गरेका छन्।
सुरतमा यसअघि पनि मुजदूरहरुले विरोध प्रदर्शन गरेका थिए।
गृह मन्त्रालयको अनुमति पश्चात सुरतबाट मध्यप्रदेश, राजस्थान र ओडिशा राज्यका मजदूरलाई शुक्रबार घर पठाइएको थियो। तर अन्य केही राज्यका व्यक्तिहरुले केहीदिन प्रतिक्षा गर्नु पर्नेछ।
कोरोना भाइरसको जोखिम कम गर्न भारतमा गत मार्च २५ देखि लकडाउन जारी छ। लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूरहरु समस्यामा परेका थिए।