अमेरिकी सदनद्वारा र्‍यापिड टेस्ट किटको व्यवस्था गर्ने सरकारको प्रस्ताव अस्वीकार

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाका दुवै सदनले सांसदहरुका लागि कोरोना भाइरसको परीक्षण गर्न एक हजार र्‍यापिड टेस्ट किटको व्यवस्था गर्ने सम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन्।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी तथा माथिल्लो सदनका नेता रिपब्लिकन सिनेटर मिच म्याकनलले संयुक्त वक्तव्य जारी गरेर सरकारको प्रस्ताव अस्वीकार गरेका हुन्।

उनीहरुले परीक्षण सामग्रीहरु अत्यावश्यक रहेका क्षेत्रमा पठाउनु पर्ने बताएका छन्।

माथिल्लो सदन सोमबार पनि सुचारु हुनेछ। तर डाक्टरको सल्लाहपछि तल्लो सदनको कामकारवाही रोकिएको छ।

यता राष्ट्रपति डोनाल्डले ट्वीट गरेर परीक्षणको प्रस्ताव अस्वीकार गर्नुमा राजनीतिक बाहेक अरु कारण नरहेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-05-04 07:54:38

प्रतिकृया दिनुहोस्