भारतमा कोरोना भाइसबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ। शनिबार मात्रै ९८ जनाको कोरोनाबाट मृत्यु भएको छ।
भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै भएको भारतीय मिडियाहरुले लेखेका छन्।
यस्तै ३९ हजार ६ सय ९९ जनामा काेराेना संक्रमण फेला पर्दा १० हजार ८ सय १९ जना उपचारपछि निकाे भएका छन्।
कोराना भाइरसको (कोभिड–१९ ) को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।
दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउनको घोषणा गरिएको छ ।