मोदीलाई ‘अनफलो’ गरेपछि केजरीवालको ट्वीटः ट्रम्प अचम्म पार्ने राष्ट्रपति

बिएल संवाददाता

मुम्बई, हिन्दी ब्यूराे

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन्।

ह्वाइट हाउसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विटरमा ‘अनफलो’ गरेको केही दिनपछि उनले ट्रम्पको प्रशंसा गरेका हुन्। उनले ट्रम्पलाई असाधारण र अचम्मित पार्ने राष्ट्रपतिको संज्ञा पनि दिएका छन्। 

ह्वाइट हाउसले प्रधानमन्त्री मोदीलाई ‘अनफलो’ गरेपछि केजरीवालले एकएक ट्रम्पको प्रशंसा गर्नुलाई अर्थपूर्ण हेरिएको छ। यसले बिग्रिएको सम्बन्धलाई पुनः जोड्ने कोसिसको रुपमा लिन थालिएको छ। केही महिनाअघि अमेरिकी राष्ट्रपति भारतीय समकक्षी नरेन्द्र माेदीकाे निम्ताेमा भारत आएपनि प्रथम महिला मेलानिया दिल्लीस्थित एक स्कुलकाे निरीक्षणमा गएकी थिइन।

कसरी भयो अनफलो?

१९ दिन अगाडि मात्र  ह्वाइट हाउसले प्रधानमन्त्री मोदीलाई ‘फलो’ गरेको थियो।  

भारतीय अधिकारीका अनुसार भारतले ‘हाइड्रोक्सी क्लोरोक्वाइन’ औषधि अमेरिकामा निर्यात गरेपछि ह्वाइट हाउसले प्रधानमन्त्री मोदीलाई ट्विटरमा ‘फलो’ गर्न थालेको थियो।

‘हाइड्रोक्सी क्लोरोक्वाइन’लाई अमेरिकाले कोरोनाकोविरूद्ध लड्ने हतियारको रूपमा लिन थालेको छ,जुन अमेरिकामा उत्पादन हुँदैन। यो औषधि भारतमा धेरै उत्पादन हुन्छ र यहीबाट अमेरिकाले मगाएको थियो।

भारतमा काेराेनाकाे संक्रमण बढ्न थालेपछि माेदी सरकारले औषधि निर्यातमा राेक लगायाे। यो औषधि विशेष गरेर मलेरियाको उपचारमा प्रयोग हुँदै आइरहेको छ। कोरोनाको उपचारमा समेत प्रभावकारी देखिएकाले याे औषधि चिकित्सकहरुले प्रयोग गरिरहेका छन्। 

ट्रम्पले औषधि निर्यात नगरे बदला लिने धम्कीसमेत दिएका थिए। यसपछि भारतले सबै देशलाई मद्दतको लागि ‘हाइड्रोक्सी क्लोरोक्वाइन’’ प्रदान गर्ने निर्णय गरेको थियो। भारतकाे याे निर्णयकाे ट्रम्पले स्वागत गरेका थिए र ह्वाइट हाउसले मोदी र भारतसँग सम्बन्धित अन्य ६ वटा ट्वीटर ह्यान्डल ‘फलो’ गरेकाे थियाे। जसमा मोदीको ट्वीटर ह्याण्डल, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवनलगायत पर्दथे।

माेदीकाे ट्वीटर ‘अनफलाे’ गरेपछि ह्वाइट हाउसले अब केवल ४ अकाउन्ट मात्र फलो गरिरहेको छ। यसमा डोनाल्ड ट्रम्प, मेलानिया ट्रम्प, माइक पेन्स र ट्रम्प प्रशासन सम्बन्धी व्यक्ति छन्। अमेरिकाले अरू कुनै देश वा राष्ट्र प्रमुखको ट्वीटर ह्यान्डल ‘फलो’ गर्दैन। यो पहिलो पटक थियो ह्वाइट हाउसले भारतीय प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘फलो’ गरेको।

प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवन, अमेरिकामा भारतीय दूतावास, भारतमा अमेरिकी दूतावास, भारतका लागि अमेरिकी राजदूत केन जुस्टरको ट्वीटर अकाउन्ट पनि ह्वाइट हाउसले ‘फलो’ गरेको छैन।

प्रकाशित मिति: : 2020-05-02 22:38:00

प्रतिकृया दिनुहोस्