रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ काेराेना भाइरसकाे संक्रमणपछि अस्पताल भर्ना भएका छन्।
निर्माण मन्त्रीका सहायक पनि भाइरसबाट संक्रमित भएकाे रुसी सञ्चारमाध्यमले जनाएका छन्। दुई दिनअघि मात्रै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू काेराेना संक्रमित भएकाे बारे जानकारी गराएका थिए।
अहिले राष्ट्रपति पुटिनले भिडियाेले आफ्नाे आवासबाटै कन्फ्रेन्समार्फत सरकार सञ्चालन गरिरहेका छन्।
गएकाे २४ घण्टामा रुट्ठमा ९ हजार ६ सय २३ जनामा संक्रमण देखिएकाेमा आधाभन्दा धेरै मस्काेका छन्।
रुसमा काेराेनाबाट अहिलेसम्म एक हजार दुई सय २२ जनाकाे ज्यान गइसकेकाे छ।