धनगढीमा भर्ना भएकी महिलाको पाँचाैँ रिपोर्ट पनि पोजिटिभ

सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएकी धनगढीकी कोरोना भाइरसबाट संक्रमित एक महिलाको लगातार पाँचाै रिपोर्ट पोजिटिभ आएको छ।

यसअघि भर्ना भएका पाँच जनामध्ये चार जना निको भएर डिस्चार्च भइसकेका भएपनि देवरबाट संक्रमण सरेर २८ दिनअघि अस्पताल भर्ना भएकी महिलाको रिपोर्ट पाँचाै पटक पोजेटिभ आएको अस्पतालका प्रवक्ता जगदीश जोशीले बताए।

दुबईबाट आएका उनका देवरलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। ३० दिन अस्पतालमा बसेर निको भएपछि उनी भने डिस्चार्ज भएर यसअघि नै घर फर्किसकेका छन्।

घरका सबै सदस्यहरुको पनि कोरोना जाँच भएको थियो। त्यसक्रममा सासू, ससुरा, देउरानी र बालबच्चासहित ९ जना रहेको उनको परिवारमा उनलाई नै संक्रमण देखिएको थियो।
 

प्रकाशित मिति: : 2020-05-01 15:01:08

प्रतिकृया दिनुहोस्