बलिउड नायक ऋषि कपुरको अन्तिम संकार छोरी रिद्दिमा दिल्लीबाट मुम्बई आएपछि गरिने भएकाे छ।
ऋषिकी छोरी रिद्दिमालाई चार्टर प्लेनबाट मुम्बई आउनका लागि अनुमती मिलेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
मुम्बइको चन्दनवाडीमा साँझ ४ बजे गरिने उनको अन्तिम संकार गरिनेछ। ऋषि कपुरको निधन भएपछि उनको परिवारले एक सन्देश सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणका कारण भारतमा जारी लक डाउनलाई पालना गर्न उनका फ्यानलाई अपिल गरेको छ।
ऋषिको निधनपश्चात उनको परिवारले एक विज्ञप्ती जारी गर्दै परिवारका अनुसार, उपचारका क्रममा उनको ध्यान परिवार, साथी, चलचित्र र मिठा खानेकुरामा रहेकाे बताइएकाे छ।
विज्ञप्तीमा भनिएको छ–‘विश्वभरका फ्यानबाट मिलेको साथ र मायाका कारण उनी उत्साहित थिए। आफ्नो निधन पश्चात फ्यानले आफूलाई आँशुले होइन कि हाँसोले संझिउन् भन्ने ऋषिको चाहना थियो।’
मुम्बई अस्पतालमा आलिया भट्ट, ऋषिका छोरा नायक रणवीर कपुर, पत्नी नितु कपुर, नायक सैफअली खान, नायिका करिना कपुर, नायक अभिषेक बच्चन लगायतको उपस्थिती छ।