कोरोनाका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००९ यताकै ठूलो गिरावट

बिएल संवाददाता

न्युयाेर्क

 कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २००९ को पहिलो त्रैमासयताकै ठूलो गिरावट आएको छ।

अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो।

सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो।

मार्चको अन्तिम दुई सातामा अमेरिकाको आर्थिक गतिविधिमा देखिएको कमीसँगै अमेरिकाको अर्थतन्त्रमा त्यसको असर देखिएको हो। गत मार्चमा अमेरिकाको विभिन्न राज्यमा दिइएको घरमा नै बस्ने निर्देशनको असर अमेरिकाको अर्थतन्त्रमा देखिएको हो।  

उक्त अवधिमा अमेरिकामा लाखौं मानिसले बेरोजगारी सुविधाको लागि आवेदन दिएका थिए।

आगामी त्रैमासमा यसको अझ ठूलो असर अर्थतन्त्रमा देखिन सक्ने जानकारहरुले चिन्ता व्यक्त गरेका छन्।
 

प्रकाशित मिति: : 2020-04-30 06:49:45

प्रतिकृया दिनुहोस्