विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) संक्रमितको संख्या ३१ लाख नाघेको छ। यस्तै ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएकाे छ।
संक्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भएका छन्। १९ लाख ६४ हजारभन्दा बढीकाे उपचार भइरहेको छ। अहिलेसम्म दुई लाख १७ हजारभन्दा बढीकाे ज्यान गएको छ।
ज्यान गुमाउने र संक्रमित हुनेको संख्या सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ। अमेरिकामा गएको २४ घण्टामा भने झण्डै दोब्बरले बढेको छ। त्यहाँ थप २४ सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ। यस्तै १० लाख २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। मंगलबार अमेरिकामा १३ सय ८४ जनाको ज्यान गएको छ।
इटलीमा ज्यान गुमाउनेको संख्या केही बढेको छ। मंगलबार तीन सय ३३ जनाको ज्यान गएको इटलीमा गएको २४ घण्टामा थप तीन सय ८२ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या पनि बढेर दुई लाख एक हजार नाघेको छ।
स्पेन र फ्रान्समा संक्रमणका कारण अहिलेसम्म साढे २३ हजारभन्दा बढीकाे ज्यान गएको छ। स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकाे छ।
यसैगरी अहिलेसम्म साढे २१ हजारभन्दा बढीकाे ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्। बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।
जर्मनीमा संक्रमितको संख्या एक लाख ५९ हजार नाघेको छ। यता देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ। ७७ हजार पाँच सय ५५ जना निको भएका छन्।
यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएको छ। एक हजार आठ जनाको ज्यान गएको छ। त्यहाँ गएको २४ घण्टामा ६९ जनाको ज्यान गएको छ। सात हजार सात सय ४७ जना भने निको भएका छन्।