झापाको झापा गाउँपालिका–३ सिमलबारीस्थित धान मिलमा आगलागी भएको छ।
प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी हुँदा रु १४ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
चट्याङ परी विद्युत्को तार सर्ट भइ अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको दुई कच्ची घरसमेत जलेर नष्ट भएको प्रहरी श्रेष्ठ्को भनाइ छ। प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको उनले bataye।