कैलालीको टीकापुर क्षेत्रका पेट्रोल पम्पमा भिडभाड बढेकाे छ ।
काेराेना भाइरसको संम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले वैशाख २५ गते सम्मका लागि गरेको लकडाउन उल्लंघन गर्दै पेट्रोलपम्पमा भिडभाड गरेर पेट्रोल भर्ने गरिएको हो ।
टीकापुरको जमरापुल नजिकको विष्ट आयल स्टोर र बसपार्कस्थित बम ब्रर्दशमा भिडभाड देखिने गरेको छ ।
यता ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मनोहर प्रशाद भट्टले भिडभाड गरी पेट्रोल भर्न थालेको जानकारी आएपछि तत्काल बन्द गर्न लगाएको बताए । उनले लकडाउन उल्लघंन गर्नेलाई कारवाही गर्ने गरेको पनि बताए ।