अमेरिकाका युएससीआईएस कार्यालय जुन ४ सम्म सर्वसाधारणका लागि बन्द

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिकाको नागरिक तथा अध्यागमन सेवा कार्यालय (युएससीआईएस) जुन ४ पछि मात्र खुल्ने भएको छ। युएससीआईएसका कार्यालय गत मार्च १८ देखि मे ३ सम्म बन्द रहेकोमा त्यो सीमा बढाएर जुन ४ सम्म पुर्याइएको हो। 

अहिले व्यक्ति नै उपस्थित हुनुपर्ने सबैखाले सेवा बन्द छन् र यो क्रम जुन ४ सम्मै बन्द रहने युएससीआईइसले जनाएको छ। यो क्रम अर्को सूचना जारी नभएसम्मका लागि जारी रहने पनि सूचनामा जनाइएको छ।

अमेरिकाको नागरिक तथा अध्यागमन सेवा कार्यालय (युएससीआईएस) सर्वसाधारणका लागि जुन ४ सम्म बन्द हुने भएको छ। युएससीआईएसका कार्यालय गत मार्च १८ बन्द छन् र व्यक्ति नै उपस्थित भएर गरिने सबै कार्य स्थगित छन्। 

कोरोनाको महामारी फैलिनबाट रोक्न युएससीआईसले एसाइलम अन्तरवार्ता, युएससीआईएसका ग्रिनकार्ड र नागरिकता लगायतका अन्तरवार्ता, बायोमेट्रिक अप्वाइन्टमेन्ट, नागरिकता वितरणलगायतका व्यक्ति नै उपस्थित हुनुपर्ने कार्यहरू  स्थगित गर्दै आएको छ। तर, सेवाग्राही वा आवेदकलाई भेट्नु नपर्ने सबै काम भने सुचारु नै रहेका छन्। 

युएससीआईसले कार्यालय खुलेपछि त्यसको जानकारी दिने र स्थगित सबै एपोइन्टमेन्टका लागि नयाँ मिति तोकेर पत्र पठाउने जनाएको छ। 

युएससीआइएसको व्यक्ति उपस्थित हुनुपर्ने सेवा बन्द भएबाट आप्रवासीहरू प्रभावित भएका छन्। 

प्रकाशित मिति: : 2020-04-26 01:45:49

प्रतिकृया दिनुहोस्