सम्झनाका पानाहरू

सुमन गड़तोला

कुमारीकाटा बाक्सा 

उनी र म कुरा गर्दै स्कुल गएको अझै याद आउँछ।  स्कुल जान जति नै ढिला भए पनि उनले बाटोमा मलाई पर्खिरहन्थिन्।

हामी सँगै स्कुल जाने गर्थ्यौं। एकदिन शनिबार म स्कुल नजाँदा उनी रिसले चुर भएकी रहिछन्। सोमबार नुहाइ-धुहाइ गरि खाना खाएर स्कुलतर्फ लागेँ। उनी सधैं आफ्नो घर अगाडि मलाई पर्खिरहेकी हुन्थिन् तर त्यो दिन उनी घर अगाडि थिइनन्।

उनलाई सधैको ठाउँमा नदेख्दा उनको घरमा गएर आमालाई सोधेँ, ‘आमा आज सानु कहाँ गइन्?’

आमाले हत्तपत्त जवाफ दिनुभयो, ‘सानु त अघिनै स्कुल गइ त, किन आज तिमीलाई पर्खिनँ र?’ मैले ‘अह! पर्खिनन्,’ भन्दै ‘ल आमा ढिला भयो म पनि जान्छु,’ भने।

स्कुल जाँदा बाटोभरी मेनो मनमा धेरै कुराहरू खेल्न थाले। ‘किन आज मलाई नपर्खि ऊ स्कुल गई, के भएछ उनलाई, शनिबार स्कुल नआएकाले पो हो कि।  जे भए पनि स्कुल पुगेर भन्दै हिँडाईको रफ्तार बढाएँ।

केही छिनमा स्कुल पुगेँ। उनी मन मारेर बसिरहेकी थिइन्। उनलाई बोलाए, ‘ओइ सानु यहाँ आउ त।’ उनी पनि सरक्क मेरो एकै बोलीमा नजिक आएर बसिन्। तर निकै बेरसम्म उनी बोलिन्। अनि मैले सोधेँ, ‘तिमीलाई के भयो सानु? आज त मसँग स्कुल पनि सँगै आएनौं, भेट्दा पनि बोल्न खोज्दैनौं, के भयो सानु?’ केही बेर झोक्राएपछि उनले मेरो प्रश्नको जवाफ दिइन्, ‘तिमी अस्ती शनिबार किन स्कुल नआएको मैले तिमीलाई कति धेरै समयसम्म बाटामा कुरेर बसेँ, तिमी आएनौं किन?’, उनको प्रश्नको जवाफ मैले मुस्कुराउँदै दिए, ‘धत! लाटी त्यती सानु कुरामा रिसाउनुपर्छ त, मलाई त्यो दिन टाउको दुखेर नआएको नि’, मैले यति भनिसक्दा उनी अझै मेरो नजिक आइन्।  

मेरा साथीहरू यो सबै हेरिरहेका थिए। मलाई कता कता शरम पनि लागिरहेको थियो। अनि उनले ‘सरी आजदेखि म तिमीलाई कहिल्यै पनि सताउँदिन है, म तिमीलाई धेरै माया गर्छु,’ भन्दै बचन दिइन्।

त्यतिकैमा स्कुलमा पार्थनाको घन्टी लाग्यो। सबै साथी सँगै उनी र म पनि पार्थनामा गयौं।.......

क्रमश.....

प्रकाशित मिति: : 2020-04-25 05:00:00

प्रतिकृया दिनुहोस्