अध्यादेश खारेज भएकोमा राप्रपाको स्वागत

सरकार र सत्तारूढ नेकपालाई सचेत गराए बमोजिम अध्यादेश खारेजी भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले स्वागत गरेका छन् ।

‘अस्थिरता निम्त्याउने, संविधानको मर्म र शक्ति पृथकीकरण विपरीतका अध्यादेश खारेज हुनु स्वागतयोग्य छ। प्रजातन्त्र धराप पर्ने खतरा दृष्टि गर्दै, सरकार र सत्तारूढ नेकपालाई अध्यादेश फिर्ता लिन राप्रपाले सचेत गरेकै थियो,’ राणाले शुक्रबार भने ।

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भए लगत्तै राप्रपा विरोधमा उत्रेको थियो । नेपाली कांग्रेसलगायत चार दलको संयुक्त वैठकमा समेत राप्रपा सहभागी थियो ।

राप्रपा अध्यक्ष राणाले कोभिड–१९ सम्बन्धी नीति पनि सरकारले अद्यावधिक गर्दै लानु पर्ने सुझाव दिएका छन्। स्वास्थ्य तथा विषयगत विशेषज्ञको राय सल्लाहमा कोरोना संक्रमणको अवस्था मध्यनजर गरेर आवश्यक रणनीति अख्तियार गर्नु पर्ने उनको भनाइ छ ।

अस्थिरता निम्त्याउने, संविधानको मर्म र शक्ति पृथकीकरण विपरीतका अध्यादेश खारेज हुनु स्वागतयोग्य छ। प्रजातन्त्र धराप पर्ने खतरा दृष्टि गर्दै, सरकार र सत्तारुढ नेकपालाई अध्यादेश फिर्ता लिन राप्रपाले सचेत गरेकै थियो।

— Pashupati Shumshere (@PashupatiShams) April 24, 2020

राणाले ट्वीट गर्दै भने, ‘सरकारले कोरोना र बन्दाबन्दीका नीति अद्यावधिक गर्नु पर्दछ । संक्रमणका हटस्पट र भारतीय सीमावर्ती क्षेत्रमा कडा निगरानी कायम राख्दै, संक्रमण नदेखिएका जिल्लामा स्वास्थ्य र विषयगत विशेषज्ञको सल्लाहमा बन्दाबन्दी खुकुलो बनाउदै लाने र आर्थिक गतिविधि सहज तुल्याउने नीति लिनु उपयुक्त हुनेछ।’

सरकारले कोरोना र बन्दाबन्दीका नीति अद्यावधिक गर्नु पर्दछ। संक्रमणका हटस्पट र भारतीय सीमावर्ती क्षेत्रमा कडा निगरानी कायम राख्दै, संक्रमण नदेखिएका जिल्लामा स्वास्थ्य र विषयगत विशेषज्ञको सल्लाहमा बन्दाबन्दी खुकुलो बनाउदै लाने र आर्थिक गतिविधि सहज तुल्याउने नीति लिनु उपयुक्त हुनेछ।

— Pashupati Shumshere (@PashupatiShams) April 24, 2020
प्रकाशित मिति: : 2020-04-24 20:34:29

प्रतिकृया दिनुहोस्