नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश र बिहार राज्यमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। शुक्रबार उत्तर प्रदेशमा थप ६१ जनाको रिपोर्ट सकारात्मक आएपछि कूल संक्रमितको संख्या १५ सय १० पुगेको छ। यहाँ तब्लिगी जमातीको संक्रमित संख्या नै १ हजार ४ छ। हालसम्म २ सय ६ जना मात्र पूर्ण रुपमा ठिक भएर घर फर्किएका छन्। २४ जनाको निधन भइसकेको छ।
यस्तै, बिहारमा पनि एकैदिन १९ जना संक्रमित थपिएका छन्। हालसम्म यहाँ १ सय ७० जना संक्रमित पुष्टी भइसकेको बताइएको छ। जसमा २ जनाको निधन भएको छ भने ४४ संक्रमित ठिक भएर गएका छन्। भारतमा हालसम्म २३ हजार ७७ कोरोना संक्रमित भइसकेको र ७ सय १८ जनाले ज्यान गुमाइसकेका छन्।