गोरखा भूकम्प गएको पाँच वर्षका अवधिमा करीब ६ हजार निजी आवास पुनःनिर्माण भएका छन्।
जिल्लामा रहेका कुल लाभग्राही १३ हजार ७६४ मध्ये ६ हजार १७१ भूकम्पपीडितको घर पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) का जिल्ला सम्पर्क व्यक्ति विनय दवाडीले जानकारी दिए।
जिल्लामा लाभग्राही पहिचान भएका कुल संख्यामध्ये ५५२ जना जोखिमवर्गमा समावेश गरिएको प्राधिकरण एकाइ लमजुङका निमित्त प्रमुख जगदीश मिश्रले बताए।
'प्रबलीकरणतर्फ मात्रै ६६३ लाभग्राही पहिचान भएकामा सम्झौता सम्पन्न ३२०, पहिलो किस्ता लिने लाभग्राही ३०६ र अन्तिम किस्ता लिने एक जना रहेको छ' उनले भने।