भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ८६ पुगेको छ।
कोरोना संक्रमण तीब्र गतिमा फैलिएको भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ हजार ७ सय पुगेको छ।
२१ हजार ७ सयमा संक्रमण फैलिए पनि उपचारपछि निको हुनेको संख्या ४३२५ रहेको छ।
कोरोनाको फैलावट रोक्न भारतमा लकडाउन जारी रहे पनि संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ।
भारतको मुम्बई, दिल्ली लगायतका शहरमा कोरोनाको संक्रमण उच्च छ।