रोट्र्याक्ट क्लब अफ वीरगञ्ज, मेट्रोपोलिसको आयोजनामा व्यक्तित्व विकास सम्बन्धित अनलाइन सेमिनार गरेको छ।
लकडाउनको समयमा सूचना प्रविधिलाई सदुपयोग गर्दै क्लबले बिहिबार व्यक्तित्व विकास सम्बन्धित अनलाइन सेमिनारगरेको हो । जुम एप मार्फत देशभरका विभिन्न क्षेत्रमा रहेका युवाहरुलाई लक्षित गर्दै सेमिनारको आयोजना गरिएको कार्यक्रम संयोजक दिपु बरनवालले बताए ।
सेमिनारमा व्यक्तित्व विकासका लागि महत्वपूर्ण हुने विभिन्न पक्ष जस्तै पब्लिक स्पिकिङ्ग, नेतृत्व विकास, समय व्यवस्थापन, समयको महत्व, सञ्चार र प्रविधिको सदुपयोग जस्ता विषयहरुमा चर्चा गरिएको उनले जनाएका छन्।
सेमिनारले लकडाउनका समयमा खेर गइरहेको समयलाई सदुपयोग गर्न राम्रो अवसर दिएको क्लबका अध्यक्ष गोपाल कान्दोइले बताए । कार्यक्रममा क्लबका अमित शर्मा, आलोक रंजन कर्ण, प्रकाश कर्णलगयातको सहभागिता रहेको थियो ।
रोट्र्यक्ट क्लब अफ चन्द्रागिरी तथा रोट्र्याक्ट क्लब अफ पर्बतको सहयोगमा सञ्जालित प्रशिक्षण कार्यक्रममा करिब १२० जना प्रशिक्षार्थी सहभागि थिए ।