राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुको आज बैठक बसेको छ । लकडाउनको आचार संहिता पालना गर्दै अध्यक्ष कमल थापाको बुढानिलकण्ठस्थित पासिकोटमा रहेको निवासमा बैठक बसेको हो ।
कोरोना भाईरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि वारे बैठकमा बिचार विमर्श भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा अध्यक्षत्रय थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले आ-आफ्नो धारणा राख्दै कोरोना महामारीका बाबजुद आगामी दिनमा कसरी पार्टी गतिविधिहरुलाई अगाडि बढाउने बिषयमा गम्भीरता पुर्बक छलफल गरेको बताइएको छ ।