काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन्। सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका उनीहरु पाटन अस्पतालमा उपचाररत थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन्।
उनीहरु आमा छोरा हुन्। उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो। उनीहरू चैत ४ मा राति १ बजे बेलायतबाट दोहा हुँदै कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए। त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन्।
काठमाडौं आएर क्वारेन्टाइनमा बसेका उनीहरुको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको थिए। कोरोनाको संक्रमण देखिएको पछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको थियो।
अहिले उनीहरु स्वास्थ्य सामान्य छ।