प्रधानमन्त्री सचिवालयको डा. भट्टराईलाई प्रश्न : के तपाईं प्रधानमन्त्री हुँदाको अपहरण गराउनुहुन्थ्यो ?

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद् डा. सुरेन्द्र यादवको अपहरण गराएको भन्ने आरोपको प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ ।

डा. भट्टराईले आफ्ना सल्लाहकार विश्वदीप पाण्डेले प्रधानमन्त्रीले जनकपुरबाट सांसद् अपहरण गराएको भनी आरोप लगाउँदै गरेको ट्वीटलाई ‘रि–ट्वीट’ गर्दै कमेन्ट गरेका छन्, ‘ओलीतन्त्रको यो नांगो रूप १ धन्य कमाउनिष्ट कणहरू ?’

बिएल नेपाली सेवासँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ यो देशको पूर्वप्रधानमन्त्री हो । पूर्वप्रधानमन्त्रीपदको गरिमा कायम गर्न म विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

थापाले प्रश्न गरे, ‘के उहाँ प्रधानमन्त्री छँदा यस्तै गैरकानूनी आपराधिक काम गराउनुहुन्थ्यो र त्यही अनुभवका आधारमा भन्नुभएको हो ?’

‘प्रधानमन्त्रीको ध्यान कोभिड–१९ मा केन्द्रित छ,’ थापाले भने, ‘प्रधानमन्त्रीको ५५ वर्षलामो राजनीतिक जीवनको छुट्टै इमेज छ । यस्ता कुराको अर्थ छैन।’
 

प्रकाशित मिति: : 2020-04-22 22:42:18

प्रतिकृया दिनुहोस्