प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य

प्रदेश नं ५ प्रदेशसभाको पाँचौँ अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ।

मुख्यमन्त्री शङ्कर पोखरेलका सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले जारी विज्ञप्तिमा जनाइएको छ।
 

प्रकाशित मिति: : 2020-04-22 19:50:09

प्रतिकृया दिनुहोस्