विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले नेपाल सरकारलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्। उनले एनआरएनए मार्फत नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गरेका हुन्।
गैर आवासीय नेपाली संघ मानार्थ परिषद सदस्य समेत रहेका कुमार ३२ वर्षदेखि थाइल्याण्डको राजधानी बैंककमा सफल व्यवसायका रुपमा परिचित छन्। उनी म्यान्मारको नेपाली परिवारमा जन्मिएका हुन् । नेपाल पितृभूमि, म्यान्मार मातृभूमि र थाइल्याण्ड कर्मभूमि भएको उनले बताए।
थाइ नेपाली संघले थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषीहरुको सुख, दुःखमा सामाजिक काम गर्ने गरिरहेको छ। संघको दुःख निवारण विभागले अहिले नेपालीहरुलाई घर–घरमा खाद्यान्नका सामाग्री वितरण गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिए।