कोरोना आशंका गरिएका दुई नर्सको रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज गरिँदै

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमण पोजिटिभ देखिएका दुई जना नर्समा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। केन्द्रीय कारागारका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुलाई मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको थियो। 

टेकु अस्पतालका प्रवक्ता अनुप बास्तोलाका अनुसार उनीहरु दुवैलाई अहिले टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ।  

बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट बुधबार बिहान आएको र नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ। 

प्रकाशित मिति: : 2020-04-22 12:04:58

प्रतिकृया दिनुहोस्